Mero Chitwan
दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहालले दुग्ध विकास संस्थानले दूध खरिद गरेबापत किसानलाई दिनुपर्ने भुक्तानी तुरुन्त दिन निर्देशन दिएका छन् ।

दाहालले आज अर्थमन्त्री डा प्रकाशशरण महत, कृषि तथा पशुपक्षी विकास मन्त्री डा बेदुराम भुसाल र मुख्यसचिव डा बैकुण्ठ अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर  किसानको दूधको भुक्तानी तुरून्तै दिन निर्देशन दिएका हुन् । 

त्यस क्रममा प्रधानमन्त्रीले निजी क्षेत्रबाट किसानले पाउनुपर्ने भुक्तानी तुरून्त दिन र भुक्तानी नदिए कारबाहीको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । दाहालले किसानले महिनौँसम्म दूधको भुक्तानी नपाउनुको कारण के हो भन्ने प्रश्न सोध्दै  यसलाई गम्भीरतापूर्वक लिन र निजी क्षेत्रबाट किसानलाई भुक्तानी दिनुपर्ने रकमका लागि तत्काल सहजीकरण  गर्न निर्देशन दिएका छन् । 

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  २२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update