Mero Chitwan
अबको प्रमुख एजेन्डा भरतपुरमा रोजगारी सिर्जना  : प्रमुख दाहाल

चितवन : भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अब महानगरको प्रमुख एजेन्डा रोजगारी सृजना रहेको बताएकी छन् ।

भरतपुर २२ को नवनिर्मित भवन, १६ शैयाको अस्पताल र प्रदर्शनी केन्द्रको संयुक्त रुपमा उद्घाटन गर्दै प्रमुख दाहालले भरतपुरमा पूर्वाधार विकास पर्याप्त भएकाले आगामी कार्यभार धेरैभन्दा धेरै रोजगारी सिर्जना गर्नेतर्फ केन्द्रित हुने बताइन् । 

यस्तै वागमती प्रदेश सरकारको १ करोड ५५ लाख सहयोगमा घरेलु प्रदर्शनी केन्द्र निर्माण भएको हो । केन्द्र सञ्चालनमा आएसँगै स्थानीय उत्पादनको प्रदर्शनी गर्न सहज हुने अपेक्षा लिइएको छ । कार्यक्रममा वडाध्यक्ष महतोले पटिहानी क्षेत्रमा विगत ७ वर्षको अवधिमा धेरै विकास निर्माणको काम भएको बताए ।

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update