संसद् भवनमै लघुवित्तपीडितहरुको नाराबाजी
काठमाडौं : लघुवित्तपीडितहरुले आज संसद भवनपरिसरमै पसेर नाराबाजी गरेका छन् ।
उनीहरुले गृहमन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरेपछि प्रहरीले पक्राउ गरेको छ । सुरक्षाका दृष्टिले संसद भवन मुलुककै संवेदनशील स्थानमा मानिन्छ ।
यस्तो स्थानमा प्रदर्शनकारी पसेर प्रदर्शन गरिनु संसदीय इतिहासमै विरलै हुने घटनाका रुपमा लिइएको छ। जबकि संसद् भवन परिसरमा प्रवेश गर्न विशेष पास आवश्यक मानिन्छ ।
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८० १५:०३
प्रतिक्रिया दिनुहोस्