Mero Chitwan
छोरी जन्मिएको भन्दै परिवारले झगडा गरेपछि अस्पतालमै शिशु छाडेर भागिन् महिला

वीरगन्ज : छोरी जन्मिएको भन्दै परिवारले झगडा गरेपछि वीरगन्जस्थित नारायणी अस्पतालमा एक महिलाले नवजात शिशु छाडेर हिँडेकी छन् ।

हिजो अस्पतालमा शिशुलाई जन्म दिएकी महिला र उनकी सासु दुवैजना बच्चालाई अस्पतालमै छाडेर सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता कुमारविक्रम थापाले जानकारी दिएका छन् ।

ती महिलाले आफ्नो नाम सीता देवी र ठेगाना वीरगञ्ज-६ पर्सा लेखाएकी थिइन् । महिलाले नाम र ठेगानासमेत गलत टिपाएको र योजनावद्ध रुपमा नै छाडेर हिँडेको हुनसक्ने प्रहरिको अनुमान छ ।

बच्चा छाडेर जाने उनीहरुको खोजि भइरहेको प्रहरिले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  २०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update