Mero Chitwan
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निजीलाई दिनु घातक देखिन्छ: सांसद आचार्य

काठमाडौँ : प्रमुख प्रतिपक्षी एमालेका सांसद भीमप्रसाद आचार्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निजी क्षेत्रलाई दिने, भैरहवाको लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालन गर्नबाट रोक्ने हवाइ माफियाहरूको चंगुलमा सरकार परेको बताएका छन् । उनले निजगढ विमानस्थल निर्माणमा रोक्ने कुराराई सरकारले बल गरिरहेको पनि बताएका छन् । 

प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद आचार्यले सरकारले तीनवटा विमानस्थल निजी क्षेत्रलाई दिनका लागि नै सरकारले अध्ययन समिति गठन गरेको दाबी गरे । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न प्राइभेट कम्पनीलाई जिम्मा लगाउने नियतले अध्ययन समिति गठन गरेको छ, उनले भने, निजगढ विमानस्थल निर्माण गर्ने तथा पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्ने सरकारको नितय देखिएको छैन । रुट कारण बनाइएको छ । भारतले रुट दिएन भन्ने कारण बनाइएको छ ।

सरकारले रुट प्राप्त गर्नका लागि पहल नै नगरेको पनि सांसद आचार्यको भनाइ थियो । उनले सिमरा, काँकडभिट्टा, हिमालमाथिका रुटहरू प्रयोग गरेर सरकारले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउनुपर्ने सुझाव दिए । पर्यटक भित्र्याउने जहाज चलाउन सरकारले पहल नै नगरेको उनको भनाइ थियो । ती विमानस्थल सञ्चालन गर्न निजी क्षेत्रलाई सुम्पिए पनि हवाइ रुट सम्झौता सरकारले नै गर्नुपर्ने कुराको ख्याल राख्नुपर्ने पनि उनको धारणा थियो । निजीलाई दिएपनि सरकारले हवाइ रुट सम्झौता नगरीकन प्लेन चलाउन मिल्दैन । निजीले त्यसै प्लेन चलाउने होइन । त्यसैले विमानस्थल सञ्चालनका लागि आवश्यक अध्यागमन, भन्सार सुदृढिकरण नगरिएको, श्रम कार्यालय व्यवस्था नभएको र पर्यटन प्रबर्धनको कुनै कार्यालय स्थापना नगरिकएको उनको भनाइ छ ।

मन्त्रिपरषद्को माघ १५ को निर्णयले पोखरा र भैरहवा विमानस्थल सञ्चालन रोक्ने र त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थल प्राइभेटलाई दिने नियतका साथ लागेका हवाइ माफियाको प्रभावमा परेर भएको उनको दाबी थियो । यी दुइटै विमानस्थल रोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पहिलेदेखि नै निजीले लिने प्रयत्न गरिराखेको थियो । यहाँका हवाइ माफियाले त्यसको पहल गरिराखेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थल लिनका लागि ती दुवै विमानस्थल सञ्चालन रोकेर प्रपञ्च देखिन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निजीलाई दिनु घातक देखिन्छ, उनले भने ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अहिले पनि वार्षिक ११ अर्ब नाफा कमाइरहेको आचार्यले भने । नेपालका हवाइ माफियाहरूले प्रधानमन्त्री र मन्त्रीहरूलाई प्रभावमा पारी पटकपटक यस्तो प्रस्ताव ल्यानउन खोजेका थिए । हाल यो प्रस्ताव पोखरा र भैरहवा विमानस्थलको सचालन र निजगढ विमानस्थल निर्माणको खास्टो ओढेर आएको र सबै सेटिङमा अध्ययन समिति बनेको देखिएको छ । यस्तो निर्णय निजगढ विमानस्थललाई होल्डमा राख्न र पोखरा(भैरहवा विमानस्थल चल्न नदिने नियत देखिन्छ, उनले भने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नाफा कुम्ल्याएर, माफियाहरूले भागबण्डा लगाउँछटन्, देशको आकाश अर्काको कब्जामा जान्छ राष्ट्रिय सुरक्षामा खतरा हुन्छ । पर्यटन व्यवस्था ध्वस्त हुन्छ ।

सांसद आचार्यले सरकारलाई विमानस्थल निजीकरण गर्नका लागि चालेका कदमबाट पछि हट्न सुझाव दिएका छन् ।
 

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १३:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update