Mero Chitwan
पश्चिम नवलपरासीका किसानले पोखे ५०० लिटर दूध

नवलपरासी । दूधको उचित मूल्य नपाएको र खपत पनि घटेको विरोधमा पश्चिम नवलपरासीका किसानले आज दूध पोखेर विरोध जनाएका छन् ।

 निजी तथा सरकारी डेरीले नियमितरुपले दूध खरिद नगरेको तथा लगानीअनुसारको मूल्य नपाएको विरोधमा बर्दघाटमा किसानले सडकमा दूध पोखेका हुन् । उत्पादन गरेको दूध बिक्री नहुने र मूल्यसमेत नपाएको भन्दै त्यहाँका किसान संघर्ष समिति गठन गरेर आन्दोलित भएका छन् । 

१ सय जना किसानले आज ५ सय लिटर दूध पोखेर विरोध जनाएको सघर्ष समितिका अध्यक्ष देविलाल काफ्लेले बताए । उनीहरूले कृषिमन्त्रीको राजीनामासमेत माग गरेका छन् 

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update