नवदुर्गा सहकारीको वित्तिय साक्षरता भद्रकुमारी आधारभूत विद्यालयमा
भरतपुर-नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भरतपुर-५ स्थित भद्रकुमारी राष्ट्रिय आधारभूत विद्यालयका ६ देखि ८ कक्षा सम्मका विद्यार्थीलक्षित गर्दै वित्तिय साक्षरता कार्यक्रम गरेको छ ।
भरतपुरका बिभिन्न विद्यालयमा वित्तीय साक्षरता अभियानअन्तर्गत सहकारीले फागुन ११ गते उक्त कार्यक्रम गरेको हो । कार्यक्रममा ६० विद्यार्थी सहभागी थिए । यो अभियानअन्तर्गत आफ्नो कार्यक्षेत्रभित्र रहेका सम्पूर्ण शिक्षण संस्थामा विद्यार्थीलाई वित्तिय साक्षरता दिइने सहकारीका सचिव रामकृष्ण पौडेलले बताए ।
विद्यालयकी सहायक प्रधानाध्यापक रोजीना न्यौपानेले यस्तो वित्तिय साक्षरता कार्यक्रम विद्यालयका लागि उपयुक्त्त रहेको बताइन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८० २३:०५
प्रतिक्रिया दिनुहोस्