काठमाडौं : प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । आज बसेको बैठकमा संसद्मा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले ३ मन्त्रीको राजीनामा माग गरेको थियो ।
बालकुमारी घटनामा दोषी ठहर भएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, टेरामक्स काण्डमा अख्तियारले अनुसन्धान गरिरहेका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र लुम्बिनी क्षेत्र विकास कोषको ठेक्का विवादमा मुछिएका पर्यटनमन्त्री सुदन किराँतीको राजीनामा माग गरेको हो । विवादास्पद मन्त्रीहरुको राजीनामा माग गर्दै एमालेले हिजो पनि प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको थियो ।
सोही विषयमा सदनमा वादविवाद र आ-आफ्ना विषयमा अडान रहेकाले सभामुख देवराज घिमिरेले सही वा गलत सदनमै टुङ्ग्याएर सभा अगाडि बढाउन सम्भव नभएको बताए । घिमिरेले वादविवादमा आएका विषय नटुङ्ग्याइ सदन अगाडि नबढ्ने भन्दै आजको बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरेका हुन् ।