
काठमाडौं–आज फेब्रुअरी २३ । आजका दिन विश्वभर के–के प्रमुख घटना भएका थिए त ?
२०२२ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टेलिभिजन सम्बोधनमा युक्रेनमा विशेष सैन्य कारबाही गर्ने घोषणा गरे ।
२०२० : चीनले कोरोना भाइरसका कारण देशले सन् १९४९ यताकै खराब स्वास्थ्य संकटको सामना गर्नुपरेको जनायो ।
२००० : मेक्सिको मूलका अमेरिकी संगीतकर्मी कार्लोस सान्तनाले सुपरन्याचुरल एल्बमका लागि ८ वटा ग्रामी अवार्ड जिते, जुन माइकल ज्याक्सनकै रेकर्ड बराबर हो ।
१९९१ : अमेरिकी राष्ट्रपति जर्ज बुशले कुवेतबाट २४ घण्टाभित्र आफ्ना सेना फिर्ता गर्न इराकलाई चेतावनी दिए ।
१९०५ : सामाजिक संस्था रोटरी क्लब स्थापना, जुन सिकागोका अटोर्नी पल पी ह्यारिसले स्थापना गरेका थिए ।
१९०३ : क्युबाले अमेरिकालाई ग्वान्टानामो बे भाडामा दिने सम्झौता गर्यो ।
१९१७ : अमेरिकी राष्ट्रपति क्याल्भिन कोलिजले रेडियो फ्रिक्वेन्सी नियमन गर्ने सम्बन्धी विधेयकमा सम्झौता गरे ।
१९५४ : विश्वमै पहिलो पटक पोलियो खोप वितरण । डा. जोनास साल्कले विकास गरेको पोलियो खोप पहिलो पटक पेन्सिलभेनियाको आर्सेनल प्राथमिक स्कुलका बालबालिकालाई दिइएको थियो ।