ऋण लिएर तिर्दिन भन्नेहरुलाई निगरानी गर्न गृहमन्त्रीको निर्देशन
नेपालगन्ज - उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ऋण लिएर तिर्दिन भन्दै अवाञ्छित गतिविधि गर्नेहरुमाथि निगरानी गर्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
गृह मन्त्रालयले आज बाँकेको नेपालगञ्जमा गरेको लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै मन्त्री श्रेष्ठले सो निर्देशन दिएका हुन्।
वित्तीय अपराधका कारण ठूलो संख्यामा नागरिक ठगिएका, सहकारी, मिटर ब्याज, अनुचित लेनदेन, सामाजिक सञ्जाल र इन्टरनेटमा अधारित भएर गरिएका अवैध काम, वैदेशिक रोजगारीका नाममा ठगी चुनौतीका रुपमा देखिएको उनको भनाइ छ ।
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८० १३:२३
प्रतिक्रिया दिनुहोस्