Mero Chitwan
एमालेले संसदमा माग्यो ३ मन्त्रीको राजीनामा

काठमाडौँ —प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले सरकारका तीन मन्त्रीको राजीनामा माग गरेको छ ।

आज प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै नेकपा(एमाले)का सांसद रघुजी पन्तले बालकुमारी घटनामा नैतिकताको आधारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेका हुन् । 

त्यस्तै अख्तियारको छानबिनमा परेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र लुम्बिनीस्थित रामग्रामको जग्गा भाडामा लगाउने विवादास्पद निर्णय गरेका संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किराती पनि पदमा बस्न नमिल्ने उनले बताए ।

तीन मन्त्रीले राजीनामा नदिए एमाले चुप लागेर नबस्ने उनले चेतावनी दिए ।

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update