काठमाडौं : आर्थिक वर्ष २०७९ ८०को स्थानीय सरकारहरुको कार्यसम्पादन मूल्यांकनमा भरतपुर महानगरपालिका उत्कृष्ट देखिएको छ ।
प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा भरतपुर ५६ दशमलब २९ अंकसहित भरतपुर सबैभन्दा अगाडि देखिएको हो । आयोगले १७ वटा सूचकमा आधारित भएर मूल्यांकन गरेको थियो ।
यस्तै, काठमाडौंले ३९.०२, वीरगञ्जले ३३.४९, विराटनगरले ३२.८५, ललितपुरले २५.१८ र पोखराले २०.७४ अंक पाएको छ ।
१० असारभित्र बजेट ल्याए नल्याएको, ३० असारभित्र बजेट पास गरे नगरेको, घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर वापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिक रुपमा दिए नदिएकोलगायतका आधारमा मूल्याकंन गरिन्छ ।
स्थानीय तहले आगामी आवको आय व्ययको प्रक्षेपणसहितको अनुमानित विवरण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पठाएरनपठाएको, स्थानीय तहले समेत बजेटको वार्षिक समिक्षा कात्तिक मसान्त भित्र सार्वजनिक गरे÷नगरेकोजस्ता आधारमा पनि अंक दिइन्छ ।
यो मूल्यांकन प्रारम्भिकमात्र भएको र प्रदेश र स्थानीय तहको गुनासो सुनेर केही दिनमै अन्तिम नतिजा सार्वजनिक गरिने जनाइएको छ ।