भरतपुर १० का बासिन्दालाई सीएमसीमा ५० प्रतिशतसम्म छुट, अन्य सुविधा के छन् ?
चितवन–चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १० का बासिन्दाले चितवन मेडिकल कलेज–सीएमसीमा स्वास्थ्य उपचारमा छुट पाउने भएका छन् ।
वडाध्यक्ष परमेश्वर खनाल र कलेजका व्यवस्थापक पारस अधिकारीबीच यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार वडाका बिरामीले उपचारमा ५० प्रतिशत र औषधिमा ७ प्रतिशत छुट पाउनेछन्। छुट ओपीडी तथा इमर्जेन्सी टिकटमा पनि लागू हुनेछ । वडाबासीले ६ महिनाभित्र कार्ड बनाइसक्नुपर्ने र कार्ड नबनुन्जेल वडा कार्यालयको सिफारिसमा छुट पाउने सम्झौतामा उल्लेख छ ।
यस्तै, वडाध्यक्षको सिफारिसमा रोयल क्यान्सर इन्सिच्युटमा सन्चालित सीटीइभीटीको पढाईमा समेत विद्यार्थीले १० प्रतिशत छुट पाउने जनाइएको छ।
प्रकाशित मिति: बुधबार, फागुन ९, २०८० ०८:३४
प्रतिक्रिया दिनुहोस्