
काठमाडौं–आज फेब्रुअरी २१ । आजका दिन विश्वभर के–के घटना भएका थिए त ?
२०२२ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनका दुई राज्य लुहान्स्क र दोनेत्स्कलाई स्वतन्त्र घोषणा गर्दै ती क्षेत्रमा सेना परिचालन गरे, जसको राष्ट्रसंघले विरोध गर्यो ।
२०१३ : भारतको हैदरावादका थुप्रै स्थानमा भएका शृंखलाबद्ध बम आक्रमणमा १७ जनाको मृत्यु भयो ।
१९७२ : २१ वर्ष लामो तिक्ततापूर्ण सम्बन्ध अन्त्य गर्दै अमेरिकी राष्ट्रपति रिचार्ड निक्सन चीन भ्रमणमा निस्किए ।
१९५२ : पूर्वी पाकिस्तानको ढाका विश्वविद्यालयमा बंगाली भाषा आन्दोलन सुरु।
१९२५ : अमेरिकी साप्ताहिक पत्रिकार दि न्युयोर्करको प्रकाशन सुरु ।
१९१६ : पहिलो विश्वमा सबैभन्दा ठूलो क्षति भएको फ्रान्सको ब्याटल अफ भेर्डनको युद्ध सुरु ।
१८४८ : कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सले कम्युनिष्ट मेनिफेस्टो प्रकाशन ।
१८७८ : विश्वको पहिलो टेलिफोन डाइरेक्ट्री प्रकाशन । यसमा ५० वटा नम्बर थिए ।्
१८०४ : विश्वको पहिलो रेल यात्रा बेलायतको वेल्समा सुुरु।