Mero Chitwan
अफिसियल राहदानीवाहकलाई श्रीलंका जान भिसा नचाहिने !

काठमाडौं–अफिसियल राहदानीवाहकलाई अब श्रीलंका जान भिसा आवश्यक नपर्ने भएको छ । 

यही फागुन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल र श्रीलंकाबीच अफिसियल राहदानी वाहकलाई भिसा आवश्यक नपर्ने विषयको सम्झौता स्वीकृत गरेको हो । बैठकले उक्त सम्झौताबारे हस्ताक्षर गर्न अख्तियारी दिने निर्णय पनि गरेको छ ।

यस्तै, श्रीलंकामा बन्दी जीवन बिताइरहेका ३ नेपाली नागरिकलाई आममाफी दिने विषयमा सरकारले पहल अघि बढाएको छ ।

श्रीलंकामा बन्दी अवस्थामा रहेका चेतबहादुर गुरुङ, सुकबहादुर तामाङ र टेकबहादुर तामाङको सजाय मानवीय आधारमा आममाफीका लागि अनुरोध गर्दै राष्ट्रपतिबाट श्रीलंकाका राष्ट्रपतिसमक्ष अनुरोध पत्र पठाउनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि सरकारले गरेको छ। 

cabinet-1708445951.JPG

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  २२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update