काठमाडौं आइपुगे लघुवित्तपीडित
काठमाडौं : देशभरका लघुवित्त पीडितहरू काठमाडौं आइपुगेका छन् ।
उनीहरुले न्याय मार्च नाम दिएर न्याय नपाएको भन्दै काठमाडौंमा मार्चपाससमेत गरेका छन् । काठमाडौंमा मंगलबार प्रदर्शनका क्रममा आन्दोलनमा सहभागी रोल्पाका गगन विश्वकर्माले लघुवित्तीय संस्थाहरुले बढी ज्यादति गरेको हुनाले आन्दोलन गर्नुपरेको बताए । उनले लघुवित्त संस्थाहरुले ऋणीसँग चर्को ब्याज असुलेको दाबी गरे ।
‘लघुवित्त संस्थाहरुले बढी ज्यादति गरेको हुनाले कसैलाई घरबारविहीन बनाए, कसैलाई जग्गा लुटेर बैंकमा लुटपाट गराइदिने, बढी चर्को ब्याज असुलेका छन् । बढी पीडितलाई दबाब दिएकाले आन्दोलन गरेका हौं,’ उनले भने ।
लघुवित्त संस्था विरुद्धको संघर्ष समितिले बुधबारबाट काठमाडौंलक्षित आन्दोलन गर्ने बताएको छ ।
* शीर्षक सच्याइएको ।
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८० १८:०४
प्रतिक्रिया दिनुहोस्