चितवनको खैरहनी नगरपालिकामा घाँटीमा चक्कु रोपेर युवाको हत्या
चितवन : चितवनको खैरहनी नगरपालिकामा-२ चैनपुरमा एक जना युवाको हत्या भएको छ ।
आज बिहान करिब ७ बजे हर्वल कम्पनीको पर्खाल नजिकै घाँटीमा चक्कु रोपिएको अवस्थामा स्थानीय २४ वर्षीय कृष्णकान्त खनालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मृतकको घरबाट घटनास्थल ५०० मिटर पूर्व रहेको छ । जिल्ला प्रहरी चितवनको टोली घटनाको अनुसन्धानमा जुटिरहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा फोरेन्सिक जाँच गर्ने चिकित्सकसहित प्रहरीको टोली पुगेको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८० १३:५४
प्रतिक्रिया दिनुहोस्