
काठमाडौं–आज फेब्रुअरी २० । आजका दिन विश्वभर के–के घटना भएका थिए त ?
१९४४ : अमेरिकाद्वारा बम वर्षक विमानले जर्मनको विमान उत्पादक कम्पनीमा आक्रमण । यो आक्रमणलाई बिग विक भनिएको थियो । अमेरिकाको उद्धेश्य युरोपमा आक्रमण गर्नु थियो ।
१९६२ : जोन ग्लेन पृथ्वीलाई परिक्रमा गर्ने पहिलो अमेरिकी अन्तरिक्ष यात्री बने । उनले फ्रेन्डसिप सेभेन क्याप्सुलमा ५ घण्टा अवधिमा पृथ्वीलाई ३ पटक परिक्रमा गरेका थिए ।
१९८५ : आयरल्याण्डले परिवार नियोजनका साधन बिक्री गर्न अनुमति दिनेसम्बन्धी कानुन पारित गर्यो ।
१९८६ : सोभियत संघले मिर नामक अन्तरिक्षयान प्रक्षेपण ग¥यो । यो यान अन्तरिक्षमा १५ वर्षसम्म रह्यो ।
२००३ : रोडे आइल्याण्डको एउटा नाइट क्लबमा भएको आगलागीमा १ सय जनाको मृत्यु ।
२००९ : श्रीलंकाको सैनिक मु्ख्यालयलाई निशाना बनाउँदै बिस्फोटक पदार्थसहित उडेका तमिल टाइगरका दुई वटा विमान सेनाले खसाल्यो । पछि सेनाले तमिल टाइगरलाई पराजित गर्यो ।
२०१८ : अर्थतन्त्र सुधार गर्न भेनेजुयलाले पहिलो भर्चुअल मुद्रा प्रचलनमा ल्यायो, जसलाई पेट्रो नाम दिइएको छ ।