इतिहासमा आज : आवाज रेकर्ड गर्न मिल्ने मेसिन आविस्कार

काठमाडौं–आज फेब्रुअरी १९ । आजका दिन विश्वभर के–के घटना भएका थिए त ?
२००८ : क्युबाका राष्ट्रपति फिडेल क्यास्ट्रोद्वारा पदबाट राजीनामा । उनको कार्यभार भाइ राउलले सम्हाले ।
१९९७ : १९७० को दशकमा चीनमा आर्थिक सुधारका सूत्रधार मानिएका नेता देङ सिआयो पिङको ९२ वर्षको उमेरमा निधन ।
१९८६ : सोभियत संघले पृथ्वीको कक्षमा मिर नामको अन्तरिक्ष स्टेसन प्रक्षेपण गर्यो ।
१९५९ : बेलायतबाट साइप्रसलाई स्वतन्त्रता दिने निर्णय, यसको घोषणा भने १९६० अगष्ट १६ मा भएको थियो ।
१८८१ : अमेरिकाका कान्सासले देशमै पहिलोपटक मदिराजन्य पदार्थमा प्रतिबन्ध घोषणा गर्यो ।
१८८७ : वैज्ञानिक थोमस अल्बा एडिसनले आवाज रेकर्ड गर्न सक्ने मेसिन फोनोग्राफ आविस्कार गरे ।
प्रकाशित मिति: सोमबार, फागुन ७, २०८० ०९:०८
प्रतिक्रिया दिनुहोस्