यी हुन् त्रिवि उपकुलपतिमा सिफारिस ३ जना
काठमाडौं-त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको छ । समितिले पहिलो नम्बरमा चित्रबहादुर बुढाथोकी, दोस्रोमा केशरजंग बराल र तेस्रो नम्बरमा टंकनाथ धमलाको नाम सिफारिस गरेको हो ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईको संयोजकत्वमा रहेको समितिले तीन जनाको नाम प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाललाई सिफारिस गरेको हो ।
उपकुलपतिको प्रतिष्पर्धामा ४३ जनाले आवेदन दिएका थिए । उनीहरुमध्ये समितिले १४ जनाको नाम सर्टलिष्टमा निकालेको थियो । ४ वर्षे कार्ययोजना, अन्तर्वार्ताको आधारमा तीन जनाको नाम उपकुलपतिको लागि सिफारिस गरेको हो ।
प्रकाशित मिति: आइतबार, फागुन ६, २०८० २२:०३
प्रतिक्रिया दिनुहोस्