Mero Chitwan
एनसेल खरिद-बिक्री छानबिन गर्न ५ सदस्यीय उच्चस्तरीय समिति गठन

काठमाडौँ — सरकारले एनसेलको सेयर खरिद-बिक्रीका सम्बन्धमा छानबिन गर्न ५ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

मन्त्री शर्मा अनुसार समिति सस्यहरूमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव हृदयेशकुमार शाक्य, आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले रहनेछन् । समितिलाई ३० दिनको कार्यावधि दिइएको पनि मन्त्री शर्माले बताइन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update