आइसिसी विश्वकप विश्वकप लिग टु : नेपालद्वारा नेदरल्याण्ड्स पराजित
काठमाडौं - आईसीसी विश्व क्रिकेट लिग टुको आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको छ ।
टस जितेर फिल्डिङ रोजेको नेपालले नेदरल्यान्ड्सलाई ३९ ओभरमा अलआउट गर्दै १ सय ३७ रनमा समेटेको थियो । जवाफी ब्याटिङमा आएको नेपालले १ सय ३८ रनको लक्ष्य १५ दशमलब २ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि अनिल साह र आशिफ शेख दुवैले अर्ध शतक प्रहार गरे । अनिल ५७ र आशिफ ५४ रनमा नटआउट रहे ।
नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई २ दशमलब ५ ओभरमा गुमाएपछि क्रिजमा रहेका आशिफ र अनिलले उत्कृष्ट पार्टरसिप गरे । कुशलले ११ बल खेलेर २८ रन जोडे ।
नेदरल्यान्ड्सको इनिङ ध्वस्त पार्ने क्रममा कुशलले ४ विकेट लिएका थिए ।
प्रकाशित मिति: शनिबार, फागुन ५, २०८० १३:५५
प्रतिक्रिया दिनुहोस्