Mero Chitwan

काठमाडौं–युक्रेनी सेनाको कब्जामा रहेका एक नेपालीले नेपाली सरकारसमक्ष आफ्नो उद्धारका लागि हारगुहार गरेका छन् । काभ्रेको मण्डनदेउपुर ६ ढकालथोकका सिद्धार्थ ढकालले आफू र अन्य नेपालीको उद्धारको याचना गरेका हुन् । 

२ महिनाअघि अध्ययन भिसामा रुस पुगेका उनी रुसी सेनामा भर्ना भएका थिए । उनलाई मंसिर १७ गते युक्रेनको जेपोरोजिया क्षेत्रबाट पक्राउ गरिएको हो । योसँगै युक्रेनी सेनाको नियन्त्रणमा रहेका नेपालीको संख्या २ पुगेको छ । सार्वजनिक  भएको भिडियोमा उनले आफू एक्लो छोरो भएको परिवारलाई धेरै सम्झिएको बताएका छन् ।

युक्रेनी सेनाले सार्वजनिक गरेको भिडियोअनुसार ढकालसहित ५ जना रुसी सेनालाई पक्राउ गरिएको हो । युक्रेनी सेनाले जेपोरोजियास्थित हिउँले भरिएको क्षेत्रमा तैनाथ रहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो । युक्रेनी सेनाले उनीहरूलाई पक्राउ गरी गाडीबाट लैजाँदै गरेको, एउटा कोठामा राखिएको र आफ्नोबारे पूरा विवरण दिइरहेकोसम्बन्धी अलग–अलग तीन भिडियो सार्वजनिक गरेको छ ।

dhakal-1701917032.JPG

म रुसमा पढ्न आएको थिएँ । विश्वविद्यालयले शुल्क भुक्तानीका लागि फोन गरेको थियो । मसँग पैसा थिएन । तिमीसँग पैसा छैन भने तिम्रो देशमा फर्क भन्यो,’ उनले भने, ‘मलाई फिर्ता हुन मन थिएन । मलाई पैसा कमाउनु थियो । मसँग विकल्प थिएन । मैले रुसी सेनामा भर्ना हुने निर्णय लिएँ ।’ रुसी सेनामा भर्ती भएपछि आफूले अहिलेसम्म ४ हजार रुबल ९५७ सय रुपैयाँ० मात्रै पाएको बताए । ‘म सेनामा भर्ना भएको एक महिना २० दिन मात्रै भयो । उनीहरूले मलाई एक लाख ९५ हजार रुबल तलब दिन्छु भनेका थिए,’ उनले भने, ‘त्यो पैसा दिएको थिएन । धेरै नेपाली भर्ना भएका छन् । अहिले करिब ४–५ हजार नेपाली काम गर्छन् । यकिन विवरण भने थाहा छैन ।’

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  ०८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update