Mero Chitwan
तालिबानको डरले जब एक पिताले आफ्नी छोरीलाई छोरा बनाए

बेस्सरी थप्पड खाएपछि निलोफर अय्युबीको अनुहार लामो समयसम्म रातो भइरह्यो । 

उत्तरी अफगानिस्तानको कुन्दुजको सडकमा खेलिरहेकी नीलोफर थप्पड खाएपछि भुइँमा लडेकी थिइन् ।

त्यतिबेला उनी चार वर्षकी मात्र थिइन् जब लामो दाह्री र अग्लो कद भएको एक डरलाग्दो मानिसले उनको छातीमा हात राख्यो।

उसले निलोफरको स्त्रीत्व पहिचान गर्न चाहन्थ्यो । गालामा थप्पड हानेपछि उसले निलोफरलाई भविष्यमा बुर्का बिना देखेमा बुबालाई नछोड्ने धम्कीसमेत दियो । 

यस घटनाको २३ वर्षपछि निलोफरले बीबीसी रेडियो कार्यक्रम आउटलुकमा दिएको अन्तर्वार्तामा भनिन्, ‘म रुँदै घर पुग्दा बुबाको अनुहार रिसले रातो भयो । उनी रिसले चिच्याइरहेका थिए ।'

बुबा भुत्भुताउँदै कोठामा चक्कर लगाइरहेका थिए । भनेका थिए-तिमीलाई छुने हिम्मत कसरी गर्यो त्यसले ?"

यसपछि उनले ठूलो निर्णय लिए । आमालाई कैंची ल्याउन आदेश दिए र मेरो कपाल काटिदिए । अनि आमालाई भने, "यसलाई केटाको लुगा लगाइदेउ।"

निलोफर तालिबान शासनको पहिलो अवधिमा हुर्किएकी थिइन्।

यो समय १९९६ र २००१ बीचको थियो। तालिबानको शरिया कानूनबाट बच्नका लागि निलोफरले आफ्नो जीवनको करिब दश वर्ष केटाको रूपमा बाचिन् । तालिबानले शरिया कानूनलाई आफ्नै तरिकाले व्याख्या गर्छ। र, यसअन्तर्गत महिलालाई अधिकारबाट वञ्चित गर्यो । 

हाल पोल्याण्डमा बस्दै आएकी उनी बाल्यकालका घटना सम्झँदै भन्छिन्, "त्यतिबेला अफगानिस्तानमा हुर्कनु भनेको संसारको सबैभन्दा रूढिवादी क्षेत्रमा हुर्केको जस्तो थियो।"

अधिकार पुरुष वा महिला के हो भनेर निर्धारण गरिएको थियो।

निलोफरको बाल्यकाल
निलोफरको जन्म सन् १९९६ मा भएको थियो । यद्यपि उनको राहदानीमा उनको जन्म मिति सन् १९९३ हो ।

सन् २००१ मा अफगानिस्तानमा अमेरिकी सेना आइपुग्दा र तालिबान पछि हट्ने बित्तिकै निलोफरका बुबाले उनलाई विद्यालयमा भर्ना गराउने प्रयास गर्न थाले। छोरीले जतिसक्दो चाँडो पढाइ सुरु गरोस् भन्ने उनको चाहना थियो ।

निलोफरले भनिन्, “कुन्दुज महिलाका लागि राम्रो सहर थिएन। महिलाका लागि मात्र नभइ पुरुषहरूका लागि पनि गाह्रो थियो त्यहाँ । 

d02c7190-92ba-11ee-9592-0b0fa7a23a2f-1701880901.jpg

उनी भन्छिन्, "अफगानिस्तानमा केटा हुनुले तपाईलाई स्वचालित रूपमा बल दिन्छ। यदि छोरा भए जन्म दिने आमाको भन्दा बढी सम्मान पाउँछन् । केटा चार वर्षको भए पनि आफूलाई जन्म दिने महिलाको अभिभावक बन्छ । महिला त अदृश्यजस्तै हुन्छन् । 

यही कारण थियो घरपरिवारमा छोरीलाई छोराजस्तो पहिरन लगाउन लगाइन्थ्यो । 

परिवारमा नेतृत्व गर्ने पुरुष नभए कुनै धनी पुरुषले भेटेर श्रीमती बनाउन खोज्छ । उनी भन्छिन्- मेरो मामलामा त्यस्तो थिएन, हाम्रो परिवारमा पुरुषहरू थिए त्यसैले मैले स्वतन्त्र रूपमा बाँच्न सकेँ ।'

स्वतन्त्रता
अनौठो तरिकाले कपाल काटेर र आफ्नो भाइको पुरानो लुगा लगाएपछि, उनलाई थाहा थिएन कि उनको जीवन कसरी पूर्ण रूपमा परिवर्तन हुँदैछ भनेर ।

निलोफर भन्छिन्, "मलाई दाजुभाइलाई जस्तै व्यवहार गरियो। केटाको लुगा लगाएर बुबासँग बजार जान सकेँ, बसमा यात्रा गर्न सकेँ, खेलकुदमा भाग लिन सक्थें। छरछिमेकका केटाहरू मेरो साथी भएका  थिए । साथीहरू म सधैं घरबाहिर खेल्थें।

तर निलोफरका अन्य दिदीबहिनीहरूको जीवन अफगानिस्तानका अन्य महिलाहरू जस्तै थियो । उनीहरु दिनभर टाउको छोपेर घरभित्रै बस्न बाध्य थिए । शरीरको कुनै भाग नदेखिने गरी लुगा लगाउनुपर्थ्यो। तर बुबालाई यी सब कुराप्रति घृणा थियो । 

निलोफर भन्छिन्, ‘मेरो बुबा जहिले पनि पहेँलो परम्परागत लुगा लगाउने पक्षमा हुनुहुन्थेन  । हामीले किन राम्ररी लुगा लगाएको छैन, किन लामो लुगा लगाइदिएको भनेर आमासँग झगडा गर्नुहुन्थ्यो । 

वास्तविकता तिर
तेह्र वर्षको उमेरमा निलोफर जुडोको कडा तालिमपछि निराश भएर घर फर्किइन् । उनको खुट्टा दुखिरहेको थियो र कुनै न कुनै रूपमा ओछ्यानमा जान चाहन्थिन् । बाथरुममा पस्नेबित्तिकै उनले खुट्टाको बीचमा रगत बगिरहेको देखिन्। उनी नराम्ररी डराएकी थिइन् । तर उनको जीवनले नयाँ मोड लिएको उनलाई महसुस थिए । 

उनी भन्छिन्, "अर्को दिन मैले मेरो साथीलाई यो कुरा सुनाएँ। उनी हाँस्न थालिन् र मलाई भनिन्, तिमी मुर्ख छौ। तिम्रा दिदीबहिनीले तिमीलाई यो कुरा भनेनन्?"

सोही साथीले उनलाई जीवनको यो रहस्यका बारेमा जानकारी दिइन् र टिभी विज्ञापनमा देखिने सेनेटरी प्याडको महत्त्व बुझाइन् ।

उनी भन्छिन्, ‘जब म घर फर्किएँ, मेरी आमाले मेरो लुगामा केही देख्नुभयो। तर मकहाँ आएर मलाई जीवनका बारेमा महसुस गराउनुको सट्टा, म किन यति छिट्टै हुर्कदैछु भनेर सोध्न थालिन् । अनि निलोफरको जीवन पनि अरु छोरीहरुको जीवनसरह हुने भयो भनेर रोईन् । 

2aec4be0-92bc-11ee-8df3-1d2983d8814f-1701880758.jpg

विद्रोही 
किशोरावस्थामा निलोफरको जीवन विद्रोही स्वभावले भरिएको थियो।  उनले किशोरीहरूलाई उनीहरूको शरीरमा भइरहेको परिवर्तनबारे बुझाउन समूह गठन गरिन् । 

उनको यो बानीले उनलाई भारत गएर अध्ययन गर्न प्रेरित गर्यो । यसले विवाहको बारेमा उनको विचारलाई आकार दिन मद्दत गर्यो।

उनी भन्छिन्, ‘मलाई धेरै विवाहको प्रस्ताव आएको थियो । म सानो छँदा प्रस्तावहरू आउन थाले तर मेरो बुबाले मलाई धेरै सुरक्षा दिनुभयो।'  उनले अझै बिहे नगर्ने बताइन् । पहिले पढाइ पूरा गरेपछि के गर्ने भनेर सोचुँला भनिन्। 

अन्ततः २०१६ मा उनले १९ वर्षको उमेरमा विवाह गरिन् । अघिल्लो वर्ष बुबाको मृत्युपछि भएको रिक्तता पतिले पूरा गरे । "उहाँले पक्कै पनि मेरो बुबाको ठाउँ लिन सक्नुभएन," उनी भन्छिन्। तर उनले यो भूमिका निर्वाह गरे । उनी धेरै सहयोगी छन् ।'

बाहिरको बाटो
निलोफरको परिवार बढ्दै गए र अन्ततः उनीहरू राजधानी काबुल सरे । जहाँ उनले फर्निचर स्टोर खोलिन् । एक समय स्टोरमा ३ सय जना काम गर्थे । तीमध्ये अधिकांश महिलाहरू थिए जसका कुनै पुरुष अभिभावक थिएनन् ।

तर २०२१ मा अफगानिस्तानबाट अमेरिका र सहयोगीहरूको फिर्तासँगै तालिबान फेरि एकपटक फर्कियो। निलोफर र उनको परिवारका लागि यो भूमिगत हुने समय थियो।

काबुलका गल्लीहरूमा अराजकता बढ्दै जाँदा, उनले आफ्नो पसलनजिकै आश्रय लिने योजना बनाइन् । जबकि उनकी आमा र दिदीहरू सहरको अर्को छेउमा गए। तर उनी परिवारको पहुँचभन्दा बाहिर थिइन् ।

त्यतिबेला निलोफर अफगानिस्तानको घटनाक्रमबारे जानकारी लिन पत्रकारलाई ब्रिफिङ गरिरहेकी थिइन् ।

एक पोल्याण्डका पत्रकारले निलोफरलाई सोधे–के उनको र परिवारका सदस्यहरूको नाम त्यस्तो कुनै सूचीमा छ भने, जसलाई अफगानिस्तान छोड्न अनुमति दिन सकिन्छ।

निलोफरले सोच्नका लागि एक घण्टा समय मागिन् । 

त्यसपछि उनको नाम ह्वाट्सएप ग्रुपमा थपियो र उनलाई २४ घण्टाभित्र काबुल एयरपोर्ट पुग्न भनियो। केवल दुई झोला बोक्न भनिएको थियो। 
उनी भन्छिन्, ‘मेरी आमा कुरान लिएर उभिएकी थिइन् । त्यो अन्तिम पटक थियो मैले मेरी आमा र मेरो घर देखेको ।'

नयाँ जीवन
निलोफर र उनको परिवार हाल पोल्याण्डमा बस्दै आएका छन् । अफगानिस्तानबाट उड्न विमानमा चढ्नुअघि उनलाई यो देशको बारेमा धेरै कम जानकारी थियो।

तर सबै कठिनाइहरूको बावजूद, उनी आफ्नो देश र संसारमा महिला अधिकारको लागि लड्ने वकिल बनिन्। उनले ब्रसेल्स, जर्मनी र अमेरिकाको भ्रमण गरिसकेकी छिन् । उनले त्यहाँका मानिसहरूलाई आफ्नो तितरबितर जीवनका बारेमा बताएकी छन् । 

उनी भन्छिन्, 'मेरो जीवन अभिशाप र वरदान दुवै थियो । श्राप किनभने यसले मलाई भित्रबाट टुक्राएको छ।"  म न त पूर्ण नारी बन्न सक्छु न त पुरूष । तर यो पनि वरदान साबित भयो। मैले दुवै अनुभव पाएँ। यसले मलाई बलियो महिला बनायो। आज म त्यही हुँ ।' 

बीबीसी हिन्दीबाट अनुदित

 

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  ०६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update