Mero Chitwan
भरतपुरका विद्यालयमा वित्तीय साक्षरता अभियान चलाउँदै नवदुर्गा भवानी सहकारी 

भरतपुर–भरतपुरस्थित नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नगरका विभिन्न विद्यालयमा वित्तीय साक्षरता अभियान सुरु गरेको छ । भरतपुर ५ स्थित कैलाशनगर मावि तथा राष्ट्रिय मावि तोरीखेतमा अभियान सञ्चालन गरेको सहकारीले शुक्रबार भरतपुर ६ स्थित श्री मावि इन्द्रपुरीका  ६ देखि १० सम्मका विद्यार्थीलाई वित्तिय साक्षरता दिएको हो । 

कार्यक्रममा ९० जना विद्यार्थी सहभागी थिए । नवदुर्गा भवानीले चितवनमै पहिलोपटक विद्यालयस्तरमा वित्तीय साक्षरता अभियान थालनी गरेको सहकारीका सचिव रामकृष्ण पौडेलले जानकारी दिए । उनले आफ्नो कार्यक्षेत्रभित्र रहेका सम्पूर्ण शिक्षण संस्थामा यो अभियान सञ्चालन गरिने उल्लेख गर्दै विद्यालय तहदेखि नै यस्ता ज्ञान दिइँदा आर्थिक रूपले भविष्य संकट नपर्ने विश्वास रहेको बताए ।

कार्यक्रममा संस्थाकी उपाध्यक्ष सम्झना शर्माले स्कूलहरुमा वित्तीय साक्षरता कार्यक्रमलाई अभियानको रूपमा लैजाने  कुरा बताइन् । कार्यक्रममा मावि इन्द्रपुरीकी प्रधानाध्यापक शान्ति अधिकारी, विद्यालयका शिक्षक प्रतिनिधि विकास विकल सापकोटा र व्यवस्थापक विष्णुप्रसाद पौडेलले वित्तिय साक्षरताको महत्वबारे बोलेका थिए । 

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  ०८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update