सडकमा शव राखेर प्रदर्शन
बारा : बारामा अज्ञात सवारीसाधनले ठक्कर दिएका घाइतेको उपचारका क्रममा मृत्यु भएपछि आज सडकमा शव राखेर प्रदर्शन गरिएको छ ।
अज्ञात सवारीसाधनले ठक्कर दिएर सख्त घाइते भएका बारा महागढीमाई नगरपालिका २ का हरेन्द्र मिश्राको उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्तले हुलाकी राजमार्गअन्तर्गत इनर्वा चोकमा शव राखेर प्रदर्शन गरेका हुन् । ठक्कर दिएर फरार रहेको सवारीसाधनको पहिचान हुनुपर्ने, मृतकलाई क्षतिपूर्ति दिनुपर्ने र चालकलाई कारबाही हुनुपर्नेजस्ता माग आफन्तले राखेका छन् ।
सरस्वती पूजाका दिन बिहान पूजाका लागि साइकलमा कलैया जाँदै गरेका मिश्रालाई अज्ञात गाडीले ठक्कर दिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८० १७:३४
प्रतिक्रिया दिनुहोस्