Mero Chitwan
कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, ३० घाइते

कपिलवस्तु-कपिलवस्तुको सुरइनामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।

कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको रात्रिबस राति २ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु भएका दशजना मध्ये तीनजनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक हरि वलीका अनुसार सनाखत भएका मृतकमा रौतहट औराही ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, नेपाली सेना ,कालीजङ्ग गण गोरुसिङ्गेमा कार्यरत सल्यानका अर्जुनकुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान रहेका छन् ।

दुर्घटनामा ३० जना घाइते भएका छन् । प्रहरी निरीक्षक नवरत्न पौडेलका अनुसार घाइतेमध्ये नौ जनालाई बुटवल ‘रिफर’ गरिएको छ । अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको छ ।

सुनौलो महाकाली यातायातको सुप प्र–०२–००१ ख ००९८ नम्बरको बस तीव्र गतिमा रहेको र घुम्तीमा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  ०७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update