मृत्यु हुनेमा तिनाउ–६, की ६० वर्षकी यनकुमारी पन्त, सोही स्थानका ३९ वर्षीय रामबहादुर अस्लामी, ६७ वर्षका कृष्णबहादुर अस्लामी, २८ वर्षकी उर्मिला अस्लामी, बुटवल उपमहानगरपालिका–१४ का ७० वर्षीय चन्द्र रणपाल र उनकी श्रीमती ६० वर्षकी चुना रणपाल, तिनाउ–२, की २० वर्षीया गीता सुनार, रिव्दीकोट–१ की ६६ वर्षीया विष्णुकला कामी, सोही स्थानकी ६५ वर्षीया दिलकुमारी सुनार र रुपन्देही जिल्ला देवदह नगरपालिका–५, की २९ वर्षकी दिलमाया जिसी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सात जना बालबालिका घाइते भएका छन् । प्रहरीका अनुसार रिव्दीकोट–१, की विद्या सुनार, सोही स्थानकी माया सुनार, आरभ सुनार, तिनाउ–६, का सौरभ पुन, रुपन्देही खैरेनीका विवेक जिसी, अस्मित जिसी र पहिचान नखुलेको दुई महिनाकी बालिका घाइते भएको लुम्बिनी मेडिकल कलेजले जनाएको छ ।
यस्तै घाइते अन्तियमा नाउ–६, की कृष्णा पन्त, सोही स्थानकी उमा रास्कोटी, अमृता गहतराज, शान्ति राना, कुलबहादुर नेपाली, रिव्दीकोट–१ की रमा सुनार, रुपन्देही हरैयाकी भूमि पुन, तानसेन–१० का दानबहादुर चिदी, तिनाउ–२, की कमला सुनार छन् ।
मङ्गलबार बेलुकी पौने ५ बजेतिर तिनाउ गाउँपालिकाको वडा नं. ६, चिदिसमा लु १ ज २३७१ नम्बरको जिप दुर्घटना भएको थियो । प्रहरीका अनुसार सडकदेखि तीन सय मिटर तल खसेको थियो । डुम्रेदेखि चिदिसतर्फ गएको जिप अत्यधिक लोडका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।