तर्कसंगत रूपमा कसैले दाबी गरे नेतृत्व छाड्न तयार छु : दाहाल
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कसैले तर्कसंगत रूपमा दाबी गरे नेतृत्व छाड्न तयार रहेको बताएका छन् ।
आजदेखि सुरु भएको विधान सम्मेलनलाई सम्बोधन गर्दै दाहालले नेतृत्व छाड्न तयार रहेको बताएका हुन् । तर एकपटक नेतृत्व गर्ने मन भएको भने उनले बताए । दाहालले माओवादीहरू एकजुट भएर उपलब्धीको रक्षा गर्नु पर्ने समेत बताए ।
पार्टी महासचिव देवप्रसाद गुरुङले २० वटा समूहमा विभाजन गरेर प्रस्तावित विधानमाथि छलफल गरिने जानकारी दिए । सहभागीमध्येबाट एक समूहमा ५० देखि ५५ जना रहनेछन् । बुधबार १ बजेसम्म छलफल गरी आफ्नो समूहको निष्कर्ष अधिवेशनमा प्रस्तुत गर्नुपर्नेछ । तीन दिनसम्म चल्ने अधिवेशनमा २० वटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिम रुप दिइनेछ ।
प्रकाशित मिति: मंगलबार, फागुन १, २०८० १६:१४
प्रतिक्रिया दिनुहोस्