रास्वपाको प्रतिवेदन बुझ्दै प्रचण्डले भने-सहकारी पीडितलाई न्याय दिन म आफैँ सक्रिय छु
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी र लघुवित्तका समस्या समाधानका उपायबारे तयार पारेको प्रतिवेदन सरकारलाई बुझाएको छ ।आज बिहान बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णीम वाग्लेसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव पत्र बुझाएको हो ।
प्रचण्डले भने,‘यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु। लाखौं बचतकर्ताहरू ठगिएका छन्, उनीहरूलाई हरहालतमा न्याय दिनुपर्छ भन्नेमा म दृढ छ। तपाईहरूको सुझाव पनि म हेर्छु। यो समस्या जतिसक्दो छिटो टुंगाउन चाहन्छु, यसमा तपाईहरूको पनि सहयोग चाहियो ।’गत महिना रास्वपाले सहकारी र लघुवित्तका समस्या समाधानका उपायबारे अध्ययन गर्न कार्यदल गठन गरेर प्रतिवेदन निर्माण गरेको थियो।
प्रकाशित मिति: मंगलबार, फागुन १, २०८० १३:०६
प्रतिक्रिया दिनुहोस्