Mero Chitwan
२०६ पटकसम्म रक्तदान गरेर रेकर्ड बनाएका मैनालीले किन गरे आत्महत्या ?

काठमाडौंः नेपालसहित विश्वका विभिन्न मुलुकमा २ सय ६ पटकसम्म रक्तदान गरेर विश्व रक्तदाताको परिचय बनाएका अर्जुनप्रसाद मैनालीले आत्महत्या गरेका छन् । 

हाल अमेरिकाको नर्थ क्यारोलाइनाको हन्टर्सभीलमा बस्दै आएका मैनालीले फेसबुकमा पत्नीलाई सम्बोधन गर्दै लामो स्टाटस लेखेर आत्महत्या गरेका हुन् । उनले आइतबार अपराह्न घरभन्दा केही परको जंगलमा गएर आफू चढेको गाडीमा आगो लगाएर आत्महत्या गरेको बताइएको छ । आफ्नो सालो  र सालोको पत्नीको वचन सहन नसकेर आत्महत्याको बाटो रोज्नु परेको उनले फेसबुक स्टाटसमा उल्लेख गरेका छन् । 

गाडीमा आगो लगाउनुअघि उनले केही पर फोन र कागजात राखेको बताइएको छ । उनले केही अघि मेची महाकाली रक्तदान अभियानसमेत सन्चालन गरेका थिए ।  मैनालीले ६ वटा महादेशका २० देशहरूमा पुगेर रक्तदान गरेका छन्। २०५ पटकमा उनले १ सय २ लिटर रगत दान गरेका छन्।

उनले भारत, क्यानडा, बेलायत, बर्मुडा, मकाउ, आयरल्याण्ड, अष्ट्रेलिया, मलावी, इक्वेडर, हैटी, युगान्डा, थाइल्याण्ड, इथियोपिया, रुवान्डा, केन्या, अर्जेन्टिना, मेक्सिको र घानामा पनि रक्तदान गरेका छन्।

काभ्रेपलाञ्चोकको कोटथुम्का, सिपालीमा जन्मेका मैनाली रक्तदानसम्बन्धी उत्प्रेरणाका लागि बेला–बेलामा नेपाल आइपुग्थे। अमेरिकामा बसोबास गर्ने उनले अन्य विभिन्न देशमा पुगेर नेपालीहरूलाई रक्तदानका लागि प्रेरित गर्दै आएका थिए ।

 

 

download-1707724578.jpg

download-1707724333.jpg

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update