Mero Chitwan
सौराहाको पर्यटनलाई उद्योगको मान्यता दिन प्रयास गरिरहेको छु : सांसद हरि ढकाल

सौराहा : चितवनको पर्यटकीय नगरी सौराहामा १८औं सौराहा फूड फेस्टिभल सुरु भएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल रेवान सौराहा चितवनको आयोजनामा सुरु गरिएको महोत्सवको प्रतिनिधि सभाका सांसद हरि ढकालले उद्घाटन गरेका छन् ।

सो अबसरमा सांसद ढकालले सौराहाको पर्यटनलाई उद्योगको मान्यता र पर्यटन बोर्डको कार्यालय स्थापनाका लागि आफूले एक बर्षदेखि प्रयास गरिरहेको बताए ।

सो अबसरमा सरकारले सौराहाको पर्यटनलाई खासै ध्यान नदिएको बताए ।उनले राज्य सौराहाप्रति जिम्मेवार हुने हो भने धेरै कुरा गर्न सकिने बताए । । कार्यक्रमामा बागमती प्रदेशका पूर्वमन्त्री तथा सांसद कृष्णप्रसाद खनालले निकुञ्ज ऐन लामो समय देखि परिमार्जन हुन नसक्दा निकुञ्ज र मानिस बीच अविश्वासको खाडल बढ्दै गएको बताए ।

रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले मुलुकको तेस्रो पर्यटकीय नगरी सौराहा निकुञ्ज ऐनको चपेटामा परेको बताए ।

 रेवानका केन्द्रीय उपाध्यक्ष संघर्ष विष्टले रेष्टुरेण्ट व्यवसायलाई पनि उद्योगको मान्यता दिन सरकारसंग माग गरे ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष गंगा गिरीले सौराहाको पर्यटन पुरानै अबस्थामा फर्किने क्रममा रहेको भन्दै चालू आबमा मात्र २ लाख २५ हजार पर्यटन चितवन भित्रिएको जानकारी दिए ।

उद्घाटन कार्यक्रममा फेस्टिवलका कार्यक्रम संयोजक सुर्यबहादुर रिमालले स्वागत मन्तब्य राख्दै फेस्टिबलको उद्देश्यका वारेमा  बताए।

रेवानका अध्यक्ष ध्रुव गिरीकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, रेवानका संस्थापक अध्यक्ष बलराम दाहाल, रेवान महिला समुहकी अध्यक्ष लक्ष्मी विडारी लगायतले मन्तब्य राखेका थिए ।

रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल रेवान सौराहा चितवनको आयोजनामा सुरु गरिएको महोत्सव फागुन ३ गतेसम्म चल्नेछ । महोत्सवको उद्घाटनअघि सौराहाको हात्तीचोकबाट विभिन्न संस्कृति र परम्परा झल्कने शोभायात्रा निकालिएको थियो । 

सौराहासहित चितवनको पर्यटन विकासको लागि प्रणय दिबसको अबसर रेबानले फेस्टिभल आयोजना गरेको हो । फेस्टिभलमा बहु जातजातिका झाँकी प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकार तथा दि एक्सीस ब्याण्डको साँगीतिक प्रस्तुति, स्थानीय जनजातिका खाना प्रदर्शनी तथा प्रतियोगिता, वेटर तथा वेट्रेसबीच प्रतियोगिता, प्रणय दिवस विशेष कार्यक्रम, तान डोरी प्रतियोगिता, रेवान कप पालिकास्तरीय भलिवल प्रतियोगिता, अन्तर विद्यालय नृत्य प्रतियोगिता तथा सिन्धुलीको कर्ने मगर बाजाको प्रस्तुति रहने छ ।

दैनिक पाँच हजार पर्यटकले अबलोकन गर्ने उक्त फेस्टिभलमा ६० लाख अनुमानित खर्च हुने तथा तीन करोडको कारोबर हुने अनुमान गरिएको रेवानका महासचिव नविन नेपालले जानकारी दिए ।  रत्ननगर नगरपालिका संरक्षक रहेको सो फेस्टिभलको सहआयोजकमा रेवान महिला समूह, क्षेत्रीय होटल संघ नेपाल, चितवन, युनाईटेड हात्ती सञ्चालन सहकारी संस्था रहेका छन् । फेस्टिभलमा ५० वटा खानाका स्टलहरु रहने छन् ।
 

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update