Mero Chitwan
भरतपुरमा मेलमिलाप सम्बन्धि तीन दिवसीय पुनर्ताजगी तालिम शुरु

भरतपुर : भरतपुर महानगरपालिकाले न्याय क्षेत्रलाई थप मर्यादित र नागरिक मैत्री बनाउने उदेश्यले मेलमिलाप सम्बन्धि तीन दिवसीय पुनर्ताजगी तालिम शुरु गरेको छ । महानगरपालिकाका २९ वटा वडामा बहाल रहेका मेलमिलाप कर्ताहरुबाट नागरिकका गुनासो तथा सेवा प्रवाहलाइ सुल्झाउन थप सहयोग पुगोस् भन्ने हेतुका साथ तालीमको आयोजना गरिएको महानगरपालिकाले जनाएको छ ।
तालीमको उद्वघाटन गर्नुहुदै नगर उप प्रमुख चित्रसेन अधिकारीले न्यायीक क्षेत्रमा भरतपुर महानगरपालिकालाइ देशलाइ देश कै उत्कृष्ट बनाउने गरि काम भइरहेको उल्लेख गर्नुभयो । देशका ७ सय ५३ स्थानीय तहहरु मध्येमा भरतपुर महानगरपालिकालाई उत्कृष्ट बनाउने लक्ष्यका साथ सेवा प्रवाह भइरहेको टिप्पणी गर्नुभयो ।

महानगरपालिकालाई नागरिकका गुनासो रहित बनाउने गरि काम भइ रहेको छ उहाँले भन्नुभयो, महानगरको न्यायीक समितिले हाल आम नागरिकका पक्षमा वकालत गरिरहेको पनि जिकिर गर्नुभयो । मेलमिलाप अहिलेको आबश्यकता हो उप प्रमुखले भन्नुभयो,वडा तह बाटै मेलमिलाप नभए सम्म नागरिकहरुले न्यायको श्वास फेर्न सक्दैनन् ।

उद्वघाटन समारोहमा बोल्नुहुदै सामान्य प्रशासन महाशाखा प्रमुख उपेन्द्रराज पौडयालले यस्ता खालका तालीमले नागरिकहरुका गुनासोलाई फुकाउन मद्दत पुर्‍याउने बिश्वास व्यक्त गर्नुभयो ।

तालीमलाई महानगरपालिकाले दुई चरणमा बिभाजन गरेर शुरु गरेको कानुनी मामिला शाखाका प्रमुख सुरज पौडेलले बताउनुभयो । पहिलो चरणमा महानगरपालिकाको १० वटा वडाका मेलमिलाप कर्ताहरुको सहभागिता रहेको छ । वडा न ५, ६, ७,८,१०,११,१२,१३,१५ र २९ का मेलमिलाप कर्ताहरुले तालीममा भाग लिएका छन् । त्यस्तै दोस्रो चरणमा बाकी रहेका वडाका मेलमिलाप कर्ताहरुलाइ सहभागी गराइने छ । तालीममा कविता अधिकारी र बन्धुराज पौडेलले प्रशिक्षण दिनु हुनेछ ।

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update