
काठमाडौं–आज फेब्रुअरी ११ । आजका दिन विश्वभर के–के घटना भएका थिए त ?
२०११ : अरब स्प्रीङ नामले चिनिएको प्रजातान्त्रिक आन्दोलनपछि इजिप्टमा ३० वर्ष शासन गरेका राष्ट्रपति होस्नी मुबारकले राजीनामा दिए ।
१९९० : जेलमा २७ वर्ष बिताएपछि दक्षिण अफ्रिकाका नेता नेल्सन मण्डेला रिहा ।
१९८९ : बारबरा ह्यारिस विश्वमै पहिलो प्रोटेस्टेन्ट चर्चको बिशप नियुक्त ।
१९७५ : बेलायती राजनीतिज्ञ मार्गरेट थ्याचर कन्जर्भेटिभ पार्टीको नेता निर्वाचित । सन् १९७९ मा प्रधानमन्त्री बनेकी उनी युरोपकै पहिलो महिला प्रधानमन्त्री हुन् ।
१९६९ : १९९४ देखि २००४ सम्म चलेको प्रख्यात टेलिभिजन शृंखला फ्रेन्ड्समार्फत् चर्चित बनेकी अमेरिकी अभिनेत्री जेनिफर एनिस्टनको जन्म ।
१९४५ : दोस्रो विश्वयुद्ध जारी रहेकै समयमा गठबन्धनका नेताहरुबीचको बैठक याल्टा सम्मेलन समापन ।
१८४७ : अमेरिकी प्रख्यात आविस्कारक थोमस एडिसनको जन्म । उनले एकल तथा संयुक्त गरेर १ हजार ३ वटा आविस्कार गरेर विश्व रेकर्ड कायम गरेका यिए ।