Mero Chitwan
दुर्घटना न्यूनीकरण गर्न सबै जिम्मेवार बन्नुपर्छ : रेनु दाहाल

भरतपुर–भरतपुर महानगर प्रमुख रेनु दाहालले ट्राफिक सप्ताह २०८० को उद्घाटन गरेकी छन् । 

वागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरले आज आयोजना गरेको ट्राफिक सप्ताहको एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले ट्राफिक नियम पालना गर्न सबै नागरिक आ(आफ्नो ठाउँबाट जिम्मेवार बन्नुपर्ने बताइन् । दुर्घटना हुनु दर्दनाक विषय भएकाले सबै जना सचेत बन्नुपर्नेमा उनको जोड थियो । सडक दुर्घटना सडक साँघुरो, कच्ची र फराकिलो तथा सुविधासम्पन्न हुँदा पनि हुने भएकाले सबै आफ्नो ठाउँबाट सचेत र जिम्मेवार हुनुपर्ने उनको भनाइ छ । 

chitwan-traffic2-1707379069.jpg

chitwan-traffic1-1707379068.jpg

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update