Mero Chitwan
कालिका नगरपालिकाले नि:शुल्क लोकसेवा तयारी कक्षा संचालन गर्ने

चितवन : चितवनको कालिका नगरपालिकाले निशुल्क लोकसेवा तयारी कक्षा संचालन गर्ने भएको छ । लोकसेवा बाट लिइने नायब सुब्बा , पाँचौ तह, प्राविधिक, अप्राविधिक पदको परिक्षा सम्बन्धी निशुल्क  तयारी कक्षा संचालन गर्ने नगरपालिकाले जनाएको छ ।


नगरपालिकाभित्र स्थायीरुपमा बसोवास गरेका दलित, जनजाती, सिमान्तकृत, आर्थिक, सामाजिकरुपले बिपन्न तथा लोकसेवा पढन इच्छुक योग्यता पुगेका ब्यक्तिहरुले यस कार्यक्रममा सहभागीता हुन सक्नेछन् । निशुल्क  तयारी कक्षा संचालन  कार्यक्रममा सहभागीता हुन इच्छुक योग्यता पुगेका ब्यक्तिहरुलाइ सूचना प्रकाशन भएको मितिले १० दिनभित्र अर्थात ( मिति  २०८०/ ११/ ०३ गते ) भित्र आफ्नो वडा कार्यलयबाट सिफारिससहित  निवेदन दिन अनुरोध गरेको छ ।

download-1707307618.jpg

download-1707307683.jpg

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update