Mero Chitwan
गौतम बुद्ध क्रिकेट रंगशालाका लागि पहिलो चरणमा बागमती प्रदेशले  ७० प्रतिशत लगानी गर्ने

चितवन - बागमती प्रदेश सरकारले चितवनमा निर्माण भइरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको प्रथम चरणका लागि ७० प्रतिशत बेहोर्ने निर्णय गरेको छ ।

आज बिहान बसेको बैठकले रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गरी बहुवर्षीय ठेक्का आवहान गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

बैठकले ७५ करोड बराबर लागत अनुमानको ७० प्रतिशत प्रदेश सरकारले ब्यहोर्ने र त्यसको श्रोत सुनिस्चित गर्ने निर्णय गरेको छ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले यो निर्णयबाट क्रिकेटको विकासमा महत्त्वपूर्ण भुमिका खेल्ने बताइन् ।

प्रदेश सरकारले हिजो रंगशालाको अवलोकन गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update