Mero Chitwan
चितवनमा  एक सिंगे गैंडा मृत फेला

चितवन :  चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा एक सिंगे गैंडा मृत भेटिएको छ। आज दिउसो होटल जंगल भिल्लानजिकै राप्ती नदीको किनारमा गैंडा मृत भेटिएको हो । गैंडा के कारणले मरेको भन्ने खुलेको छैन ।

‘गैंडाको ‘शरीरमा चोटहरु लागेको छ । ३० वर्ष माथिको भाले गैंडा रहेछ। शरीरमा लागेको चोटहरु हेर्दा अर्को गैंडासँग जुधेर गैंडा मरेको अनुमान गरेका छौं,’ चितवन निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले भने । 
 

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update