
काठमाडौं–आज ५ फेब्रुअरी । आजका दिन इतिहासमा के–के घटना भए ?
२०१९ : पहिलो पटक क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसमाथि यौन दुव्र्यहार गरेको अभियोग ।
२०१६ : बंगलादेशको बैंकिङ कोड प्रयोग गर्दै कम्प्युटर ह्याकरहरुले न्युयोर्कको फेडरल रिजर्भ बैंकबाट १ अर्ब डलर चोर्ने प्रयास गरे ।
२००३ : अमेरिकी विदेशमन्त्री कोलिन पावेलले संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को बैठकमा इराकसँग आमविनाशकारी हतियार रहेको दाबी गरेका थिए । सोही घटनापछि अमेरिकाले इराकमाथि आक्रमण गरी सद्धाम हुसेनको सत्ता ढालेको थियो ।
१९६९ : अमेरिकाको जनसंख्या २० करोड पुग्यो ।
१९७० : अमेरिकाले नेभाडामा आणविक परीक्षण गर्यो ।
१९८५ : पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो पोर्चुगलको फन्चालमा आजैका दिन जन्मिएका थिए ।
१५५६ : फ्रान्सका राजा हेनरी द्वितिय र रोमन सम्राट चाल्र्स पाँचौंले भसिलिस सन्धीमा हस्ताक्षर गरेका थिए, जसका कारण १५५१ देखि १५५९ सम्म चलेको इटालीयन युद्धमा अस्थायी युद्धविराम भएको थियो ।
१५९७ : जापानका पहिलो पुस्ताका क्रिश्चियन मानिएका २६ जनालाई मृत्युदण्ड दिइएको थियो ।