
काठमाडौं–आज ४ फेब्रुअरी । आजका दिन इतिहासमा के–के घटना भए ?
२००४ : विश्वकै सबैभन्दा ठूलो सामाजिक सञ्जाल बन्न सफल फेसबुक स्थापना । सुरुमा यो द फेसबुक डट कम को रुपमा स्थापना भएको थियो । यसका प्रयोगकर्ता १ अर्बभन्दा बढी छन् ।
२००३ : युगोस्लाभियाले आफ्नो मुलुकको नाम औपचारिक रुपमा सर्बिया र मोन्टेनेग्रो राख्यो ।
१९४८ : तत्कालीन सिलोन (हाल श्रीलंका) बेलायतबाट औपचारिक रुपमा उपनिवेशमुक्त घोषणा ।
१९४५ : नाजी जर्मनीलाई पराजित गर्ने योजना बनाउन अमेरिका, बेलायतलगायतका मुलुकको संलग्नतामा याल्टा सम्मेलन आयोजना । दोस्रो विश्वयुद्धको अन्तिम बेलातिर भएको यो सम्मेलनमा फ्रांकलिन रुजभेल्ट, विन्स्टन चर्चिल, जोसेफ स्टालिनलगायत सहभागी थिए ।
१९३२ : अमेरिकाले पहिलो पटक न्युयोर्कको लेक प्लेसिडमा शीतकालीन ओलम्पिक आयोजना गर्यो ।
१७९८ : जर्ज वाशिङटन आजैका दिन अमेरिकका प्रथम राष्ट्रपति निर्वाचित भएका थिए ।