
चितवन : चितवनको इच्छाकामना–३ फिस्लिङमा जिप दुर्घटना हुदा ११ जना घाइते भएका छन् । फिस्लिङबाट कुरिनटार तर्फ जाँदै गरेको प्र ३ ०१०२३ च ३८२ नम्बरको हाइलेक्स जिप अचानक पल्टँदा सो दुर्घटना भएको हो ।
जिपमा सवार घाइते यात्रुहरुलाई उपचारको लागि भरतपुरको पुरानो मेडिकल कलेज र कुरिनटारका अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते भएका भरतपुर फूलबारी बस्ने २३ वर्षीय सुर्दशन गुरुङको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । त्यस्तै, इच्छाकामना–३ बस्ने वर्ष १९ को निरिषा गुरुङलाई उपचारको लागि भरतपुर पठाइएको छ । अन्य आठ जना घाइतेहरुको फिस्लिङमा रहेको पोलिक्लिनिकमा उपचार भइरहेको छ ।
इच्छाकामना–३ का १९ वर्षीय सुदिप गुरुङको कुरिन्टार जनता केयरमा उपचार भइरहेको छ । सवारी चालक सोलुखुम्बु दुधकुण्ड नगरपालिका– ११ बस्ने बर्ष २६ को अर्जुन खड्कालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।