Mero Chitwan
गाजामा इजरायलको भीषण आक्रमण जारी, १९३ जना मारिएको हमासको दाबी

काठमाडौं - हमाससँगको सात दिने स‌ंघर्षविराम सकिएलगत्तै इजरायलले गाजामाथि गरेको भीषण आक्रमणमा एक सय ९३ प्यालेस्टिनी मारिएका छन्।

इजरायली आक्रमणबाट शुक्रबारयता ६ सय ५२ जना घाइते भएको हमास सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। संघर्षविराम सकिएको दोस्रो दिन इजरायलले आक्रमण जारी राखेको छ ।

हमासका ४ सय वटा केन्द्रलाई निशाना बनाइएको इजरायली सेनाले जनाएको छ । गएराति दक्षिणी गाजाको खान युनुसका ५० स्थानमा हवाई आक्रमण भएका छन् भने इजरायलले खान युनुसबाट अझै दक्षिणी क्षेत्रमा जान स्थानीयलाई निर्देशन दिएको छ। आक्रमणकै बीच, सहायता सामग्री बोकेका ट्रकलाई गाजा प्रवेशमा पनि स्वीकृति दिइएको छ ।

सात दिने संघर्ष विरामका क्रममा हमासले १ सय १० बन्धक र इजरायलले २ सय ४० प्यालेस्टिनी बन्दी रिहा गरेका थिए । युद्धमा अहिलेसम्म ६ हजार बालबालिकासहित करिब १५ हजार प्यालेस्टिनी मारिएका छन् । इजरायलतर्फ १२ सयको ज्यान गएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  २२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update