
चितवन : भरतपुर महानगरपालिका ३ र ४ भएर बग्ने पुङ्गी खोला सौन्दर्यकरण आयोजनाको शिलान्यास भएको छ ।आज भरतपुर महानगरपालिका प्रमुख मेयर रेनु दाहालले एक कार्यक्रमका बीच आयोजनाको शिलान्यास गरेकी हुन् ।
समारोहमा दाहालले पुङ्गी खोला सौन्दर्यकरणको काम सुरु गरिएको बताउदै खोला सिमाङकन र सौन्दर्यकरणको काम संगसंगै अघि बढाइने जानकारी दिइन् । विभिन्न चरणमा गरी पुङ्गी खोला सौन्दर्यकरणको काम सम्पन्न गरिने उल्लेख गर्दै उन्ले पुङ्गी र ड्रेन महानगरपालिकाको गौरबको आयोजना भएको बताइन् ।
भरतपुरको पुङ्गी खोला वडा नम्बर ११,२,हुँदै ३ र ४ को सिमानाबाट नारायणी नदीमा मिसिएको छ । पुङ्गी खोलाको पाँच किलोमिटर क्षेत्रमा सिमाङकन काम टुंगिएको छ । कार्यपालिकाको निर्णय अनुसार सबै जनप्रतिनिधि र स्थानियको साथसहयोगले निर्माण सम्पन्न हुने प्रमुख दाहालले विश्वास व्यक्त गरेकी छन्। उनका अनुसार पहिलो चरणमा ३५० मिटरमा खोलाको दुवैतर्फ पर्खाल उठाएर विरुवा लगाइ रेलिडसहितको फुटपाथ बनाइने छ् ।
खोला सौन्दर्यकरणको लागि तीन करोड ९७ लाख ७४ हजार रुपैयाँ अनुमान लागतको ठेक्का आह्वान भएको थियो । पहिलो चरणमा दुई करोड ४९ लाख ६९ हजार ५ सय १६ रुपैयाँमा खोला सौन्दर्यकरणको काम गर्न टिएसएन गिरवान जेभी काठमाडौंले एघार महिनामा काम सक्नेगरी ठेक्का पाएको हो ।
कार्यक्रममा महानगरका प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र कुमार रानाले संघ र महानगरको बजेटमा खोला सौन्दर्यकरणको काम हुन लागेको बताए । उनले यो योजना सम्पन्न भएपछि महानगरपालिकाको सौन्दर्यमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रम पुङ्गी खोला संरक्षण समितिका संयोजक बिकास थापाको अध्यक्षतामा भएको थियो ।