गाडीको ठक्करबाट बुवाको मृत्यु छोरी गम्भीर घाइते

चितवन : भरतपुर महानगरपालिका–१६ शिबघाटमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ र एकजना गम्भीर घाइते भएका छन् ।
शनिबार बेलुका करिब साढे सात बजेको समयमा शरणपुरबाट नारायणगढ आउदै गरेको बा.प्र.०३–००१ च ११९७ नं.को बलेरोले बा.प्र.०३–००३प ८६२४ नं.को मोटसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
दुर्घटनामा सोही स्थान बस्ने ४१ वर्षिय मधुसुधन खत्री र उनकी छोरी १५ वर्षिय अपेक्षा खत्री गम्भीर घाइते भएका थिए । उनिहरुलाइ उपचारको लागी नयाँ मेडिकल कलेजमा पठाइएको थियो । उपचारको क्रममा राती करिब साढे आठ बजे मोटरसाइकल चालक बुवा मधुसुधन खत्रीलाई डाक्टरले मृत घोषणा गरेको हो । छोरीको भने उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुबै सवारी साधन र बलेरो चालक प्रहरी नियन्त्रणमा छन् ।
प्रकाशित मिति: आइतबार, माघ १४, २०८० १२:३८
प्रतिक्रिया दिनुहोस्