Mero Chitwan
ट्रम्पलाई ८.३३ करोड डलर क्षतिपूर्ति तिर्न अदालतको आदेश

एजेन्सी–अमेरिकाको एक अदालतले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई मानहानीको एक मुद्दामा ८.३३ करोड डलर क्षतिपूर्ति तिर्न आदेश दिएको छ । 

राष्ट्रपति रहेका बेला लेखिका ई जीन क्यारोलको मानहानी मुद्दामा अदालतले उक्त आदेश सुनाएको हो । यस्तै, अदालतले लेखिका क्यारोलको भावनामा चोट पुर्‍याएको र प्रतिष्ठामा ठेस पुर्‍याएकोमा १.८३ करोड डलर क्षर्तिपूर्ति र साढे ६ करोड डलर जरिवाना गरी ८.३३ करोड डलर तिर्न आदेश दिएको हो । 

फैसलापछि क्यारोलले यो फैसला महिलालाई अपमान गर्नेको हार भएको बताइन् भने ट्रम्पले हास्यास्पद फैसला भनी टिप्पणी गरेका छन् ।  सन् २०१९ मा ट्रम्पले सामाजिक सञ्जालमा लगातार क्यारोलविरुद्ध टिप्पणी गरेपछि ट्रम्पविरुद्ध मुद्दा दायर भएको थियो । 

यसअघि अर्को मुद्दामा क्यारोलमाथि यौन उत्पीडन भएको ठहर अदालतले गरेको थियो । 
  

प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  ०८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update