Mero Chitwan
मैयादेवी स्मृति छात्रा यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेश विजयी

चितवन : मैयादेवी स्मृति छात्रा यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेश विजयी भएको छ । गण्डकीले सुदूरपश्चिम प्रदेशलाई सात विकेटले पराजित गरेको हो । 

     गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आज सुदूरपश्चिमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो । सुदूरपश्चिमले निर्धारित २० ओभरको खेलमा १६ दशमलव एक ओभरमा सवै विकेट गुमाउँदै मात्र ५७ रन बनायो । गण्डकीले ५८ रनको विजयी लक्ष्य १० दशमलव पाँच ओभरमा तीन विकेट गुमाएर पुरा ग¥यो । गण्डकीका लागि सिमाना केसीले अविजित २० रन बनाइन् । यस्तै श्रेया शाहीले चार तथा सेरिना थापाले पाँच रन बनाइन् । बलिङतर्फ सुदूरपश्चिमकी अनु कडायत र जानकी थापाले एक एक विकेट लिइन् । 

    यसअघि सुदूरपश्चिमका लागि ब्याटिङ गर्ने क्रममा सावित्री धामीले १२, अनु कडायतले चार तथा मनिषा बोहरा र रविना साउदले तीन÷तीन रन बनाए । बलिङतर्फ गण्डकीकी निरुता जिटीले चार, ज्योत्सिनिका मरासिननीले दुई तथा आकृती तिवारी र सिमाना केसीले एक एक विकेट लिए । प्लेयर आफ दी म्याच गण्डकीकी निरुता जिटी घोषित भइन् । शनिबार पहिलो खेल गण्डकी प्रदेश र कोशी प्रदेशबीच बिहान ९ः०० बजे तथा दोस्रो खेल मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशबीच दिउँसो १ः०० बजे हुने प्रतियोगिताका संयोजक बचन कार्कीले जानकारी दिए ।  
 

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  २०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update