Mero Chitwan
मैयाँदेवि स्मृति यू १९  प्रदेश स्तरीय राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता शुरु

चितवन : गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा मैयाँदेवि स्मृति यू १९  प्रदेश स्तरीय राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता शुरु भएको छ । लोकतान्त्रिक खेलकुद संघले आयोजना गरेको प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ । प्रतियोगिताको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आज एक कार्यक्रमबीच उद्घाटन गरेकी छन् । कार्यक्रममा क्रिकेट खेलाडी उत्पादन गर्नका लागि महानगरले नगर क्षेत्रका विद्यालयलाई समेटेर तीन महिने लिग प्रतियोगिता आयोजना गर्न लागेको उन्ले  बताइन्। रङ्गशाला निर्माणका लागि तीनै तहको सरकारले अपनत्व लिने गरी काम भइरहेको उनको भनाइ थियो । 

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आजदेखि सुरु भएको प्रतियोगितामा ७ वटा प्रदेशबाट १९ वर्षमुनिका महिलाहरुबीच प्रतिस्पर्धा हुनेछ । लोकतान्त्रिक खेलकुद संघले आयोजना गरेको प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ। क्रिकेट प्रतियोगिताको फाइनल माघ १९ गते हुनेछ । 

प्रतियोगिताको विजेताले एक लाख ७९ हजार ७०५ रुपैयाँ पाउने छ । उप विजेताले ९५ हजार ७०५ रुपैयाँ पाउने छ ।  

प्रतियोगिताको विजेता र उपविजेतालाई दिने पुरस्कार राशी मैयादेवी ट्रष्टले उपलब्ध गराउने छ । दिवंगत मैयादेवी श्रेष्ठ चितवनको पुरानो राजनैतिककर्मी र समाजसेवी थिइन् ।


 

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update