Mero Chitwan
पूर्व–पश्चिम रेलमार्ग : भरतपुरले दिएका २ विकल्पबारे रेल विभागले अध्ययन गर्ने

भरतपुर–रेल विभागले भरतपुर महानगपालिकाले प्रस्तुत गरेका विकल्पबारे अध्ययन गर्ने भएको छ । आज भरतपुर महानगर र सरोकारवालासँग भएको छलफलमा रेल्वे अधिकारीहरुले महानिर्देशकसहितको प्राविधिक टोली अब केही दिन भरतपुरमै रहेर नयाँ विकल्पको रुटबारे अध्ययन गर्ने जनाएका हुन् । 

छलफलमा नयाँ रुट निर्माण गर्दा भरतपुर महानगरपालिकाका प्राविधिकसहित कम वस्ती भएको स्थान र  कम क्षति हुने गरी पूर्व–पश्चिम रेलमार्गको रुट भरतपुरमा निर्माण गर्न सुझाव दिइएको थियो । 

rail-2-1706097981.jpg

रेल विभागले यसअघि सर्भे गरेको भरतपुर ८, ७, ४ र १६ भएर जाने रुटमा स्थानीयले असहमति जनाएपछि तत्काललाई स्थगित गरिएको छ । रुटबारे भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भौतिक पूर्वाधारमन्त्री समक्ष २ विकल्प प्रस्तुत गरेकी थिइन् । 

भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले बृहत अन्तरक्रियामा एक हप्ताभित्र नयाँ विकल्पका बारेमा प्रविधिक सहितको टोली भरतपुर पठाउने प्रतिबद्धता जनाएका थिए । सोही अनुसार रेल विभागको टोली भरतपुर आई सरोकारवालासँग छलफल सुरु गरेको हो । 

rail-4-1706098020.jpg

rail-3-1706098019.jpg

सम्बन्धित समाचार

रेलमार्ग रेखांकन विवाद : कस्तो छ भरतपुर प्रमुख दाहालले अघि सारेको विकल्प ?

भरतपुरमा प्रस्तावित रेलमार्गको विरोधमा स्थानीय संघर्षमा

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update