चितवन - भरतपुर महानगर प्रमुख रेनु दाहालले आफ्नो कार्यकालमा नगर क्षेत्रका सामुदायिक विद्यालयमा ८ हजार विद्यार्थी थपिएको बताएकी छन् ।
श्री माध्यमिक विद्यालय गौरीगन्जको वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै दाहालले अघिल्लो कार्यकाल र यो कार्यकालको हालसम्म ८ हजार विद्यार्थी थपिएको बताइन्।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर तथा भौतिक पूर्वाधार वृद्धिमा महानगरको जोड रहेकै कारण सामुदायिक विद्यालय पनि निजीसंग प्रतिस्पर्धा गर्न सक्ने स्थितिमा रहेको उनले बताइन्।
यस्तै रेलवे ट्रयाकका विषयमा महानगरले दिएको विकल्पबारे पनि छलफल हुने उनले जानकारी दिइन् ।
दाहालले आजै जनज्योति पद्मनारायण धर्मकुमारी मल्ल माविको ६३ औ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहलाई पनि सम्बोधन गरेकी थिइन् । उनले आगामी दिनमा विद्यालयको भौतिक पूर्वाधार विकासमा सघाउने वचन पनि दिइन् ।