Mero Chitwan
भारतीय प्रधानमन्त्री मोदीले गरे राममन्दिरको प्राणप्रतिष्ठा


एजेन्सी–भारतको अयोध्यामा निर्माण गरिएको राममन्दिरमा प्राणप्रतिष्ठा सम्पन्न भएको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रिय स्वयंसेवक संघ प्रमुख मोहन भागवत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सहित सन्त समाज र अति विशिष्ट व्यक्तिको उपस्थितिमा भगवान रामको बाल्यकाल स्वरुप रामललाको प्राणप्रतिष्ठा गरिएको हो । 

प्राणप्रतिष्ठाका लागि रामको ५१ इन्चको मूर्ति गत बिहीबार गर्भगृहमा राखिएको हो । मूर्ति मैसुरका प्रख्यात मूर्तिकार अरुण योगिराजले बनाएका हुन् । 

ram-mandir-1705910517.JPG

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १३:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update